प्रोग्रेशिभ फाइनान्सको लाभांश घोषणा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ५ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
