एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरिय कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले Readers to Riders a Transformation Journey प्रदेश स्तरीय ब्यवस्थापन, शाखा ब्यवस्थापन तथा जोखिम ब्यवस्थापन विषयमा शाखा प्रबन्धक लगायत विभिन्न प्रदेश तथा उप्रदेशका बिभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न भएको छ ।
लघुवित्तले कार्यशाखा गोष्ठी मंसिर २८ गते सदूरपश्चिम प्रदेश, २९ गते गण्डकी र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा सम्पन्न भएको हो ।
सम्मेलनमा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीहरुको प्रशिक्षण साथै संम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उप प्रमुखहरु, कर्जा असुली प्रमुखहरु, शाखा प्रबन्धकहरुको उपस्थीती रहेको थियो ।
एक दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनिति, ग्राहाक छनोटमा ध्यान दिनु पर्ने कुराहरु, अनुशासन, नेतृत्वकर्तामा हुनु पर्ने गुण, लेखा परिक्षणको महत्व तथा प्रभावकारीता, ग्राहक सदस्यता फारमको महत्तव, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता बिकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो ।
उक्त सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकालले कर्मचारी वर्गले हाल सम्म गरेको कामहरुलेनै संस्थाले विभिन्न परिसुचकमा नं १ बन्ने छलाङ् मार्न सफल भएको बताए । कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्त कर्मिको काधमा रहेको उनले बताए । उनले अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
उक्त कार्यक्रममा लघुवित्तका सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बरालले दिर्घकालीन ब्यवसाय बृद्धीको लागि सबैजना अनुशाशित, मेहेनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिदै लघुवित्त क्षेत्रमा देखिएका विभिन्न संचालन तथा कर्जा जोखीममो बारेमा सहभागीहरुलाई थप जानकारी दिए । यस्ता जोखीमहरु न्युनीकरण गर्न चाल्नु पर्ने अल्पकालीन तथा दिर्घकाली रणनितीहरुबारेमा प्रशिक्षीत उनले गराए ।
साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले लघुवित्त क्षेत्रमा बढ्दै गएको विभीन्न समस्या तथा चुनौतिहरुको चर्चा गर्दै कर्जा लगानी तथा कर्जा असुलाीमा देखा परेका चुनैतीहरुको कसरी सामना गर्ने तथा सोलााई उचित ब्यवसस्थापन गरी लघुवित्त क्षेत्रमा सस्थालाई कसरी सबैभन्दा उष्कृष्ट संस्थाको रुपमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई कसरी देशकै सबैभन्दा ठुलो, सक्षम, सबल तथा सदस्यहरुमाझ लोकप्रिय बनाउने भन्नेमा सहभागिहरुलाई प्रशिक्षीत गराए ।
साथै उनले हालसम्म सम्पुर्ण कर्मचारीहले गरेको अथक योगदान तथा मेहेनतको कदर गर्दै छोटो समयमै संस्थालाई स्थापित गरी देशकै अग्रणी लघु वित्त वित्तीय सस्थाको रुपमा स्थापित गर्न सहयोग गरेकोमा धन्यबाद दिदै आभारी पनि प्रकट गरे ।
साथै स्थापनाको छोटो अवधिमै आफुलाई राष्ट्रिय स्तरको अबल लघुवित्तको रुपमा स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्र्दै आएको छ ।