इन्फिनिटी लघुवित्तले साधारण सभा बोलायो, २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते पाचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले होटल द नारायणी, गैडाकोट, नवलपरासीमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ ।
यस वर्ष कम्पनीले कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई पनि सभाले पारित गर्नेछ ।
सभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजीलाई १ अर्ब रुपैयाँ पु-याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।