स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन, पुस १५ गते साधारण सभा « Arthapath.com
६ पुष २०७८, मंगलवार

स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन, पुस १५ गते साधारण सभा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य १ हजार १०० रुपैयाँ ८४ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १५ गते बिहीबार, एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, स्वतन्त्र सञ्चालक पदमा सञ्चालक समितिबाट गरिएको नियुक्तिको जानकारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्