हिमालयन डिष्टिलरीको लाभांश इतिहासः ९ बर्षमा ४६३ प्रतिशत लाभांश दिँदा, बोनस र नगद कति दियो ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हो । हाल दोश्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७ हजार रूपैयाँ रहेको छ । कम्पनीको लाभांश इतिहास हेर्दा ३ वटा आर्थिक वर्षमा मात्र बोनस शेयर दिएको छ भने अन्य आर्थिक बर्षमा नगद लाभांश मात्रै वितरण गरेको छ ।
हालसम्म कम्पनीले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५–७६ मा १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७०–७१ मा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले ९ बर्षको इतिहासमा ४६३.६७ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा कम्पनीले १७५ प्रतिशत बोनस शेयर र २८८.६७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीको लाभांश इतिहास
१. आर्थिक बर्ष २०७७–७८ मा ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद गरी कूल १०० प्रतिशत लाभांश दिएको छ ।
२. आर्थिक वर्ष २०७६–७७ मा ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद गरी कूल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. आर्थिक वर्ष २०७५–७६ मा ५० प्रतिशत बोनस शेयर र ५२.६३ प्रतिशत नगद गरी कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. आर्थिक वर्ष २०७४–७५ मा बोनस शेयर दिएको थिएन भने ६८.४२ प्रतिशत नगद लाभांश (अन्तरिम) वितरण गरेको थियो ।
५. आर्थिक वर्ष २०७४–७५ मा पनि बोनस दिएको थिएन भने २१.०५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।
६. आर्थिक वर्ष २०७३–७४ मा पनि बोनस दिएको थिएन भने २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
७. आर्थिक वर्ष २०७२–७३ मा पनि बोनस दिएको थिएन भने २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
८. आर्थिक वर्ष २०७१–७२ मा पनि बोनस दिएको थिएन भने २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
९. आर्थिक वर्ष २०७०–७१ मा बोनस दिएको थिएन भने १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Fiscal Year | Bonus Dividend | Cash Dividend | Total Dividend |
2077/2078 | 75.00 | 25.00 | 100.00 |
2076/2077 | 50.00 | 50.00 | 100.00 |
2075/2076 | 50.00 | 52.63 | 102.63 |
2074/2075 | 0.00 | 21.05 | 21.05 |
2074/2075 | 0.00 | 68.42 | 68.42 |
2073/2074 | 0.00 | 21.05 | 21.05 |
2072/2073 | 0.00 | 20.00 | 20.00 |
2071/2072 | 0.00 | 20.00 | 20.00 |
2070/2071 | 0.00 | 10.52 | 10.52 |