बुधबार थप २३६ जनामा कोरोना संक्रमण, २७२ जना संक्रमणमुक्त भए
काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी जम्मा २३६ जनामा कोरोना संक्रमण पुष्टि छ ।
गत २४ घण्टामा २ सय ७२ जना कोरोना निको भएका छन भने २ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।
बुधबार थप भएकासंगै कोरोना संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । जसमा ८ लाख ९ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन भने ११ हजार ५ सय ७९ जनाको ज्यान गएको हो ।













