बिहिबार सुन र चाँदीको मुल्य बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार सुन र चाँदीको मुल्य बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्