११६२६ जनामा कोरोना परिक्षणमा गर्दा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ विहिबार पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ११ हजार ६ सय २६ जनामा गरिएको कोरोना परिक्षणमा थप २ सय ९३ जनामा कोनोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २६ हजार ६ सय ६४ पुगेको छ ।
गत २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन भने २ सय ६३ जना निको भएका छन । हालदेशभर ५ हजार १ सय
६१ जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८१ र निको हुनेको संख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ ।














