सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य स्थिर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य स्थिर



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थीर रहेको छ । अर्थात चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलामा ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायाम गरिएको छ ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१० डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८९ डलर आसपासमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्