२७१ जनामा कोरोना संक्रमण, २२५ निको भए
काठमाडौ । सोमबार थप २ सय ७१ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा गरिएको परिक्षणमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मुत्यु भएको छ भने २ सय २५ जना निको भएका छन् । हाल देशभर ४ हजार ९ सय ३१ जना संक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८६ र निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको छ ।













