सनराइज बैंकको ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकको ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार



काठमाडौं । सनराइज बैंकले ३ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हिजो आइतबार प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

साथै मंसिर २३ बिहीबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकका ८१ औं शाखारहित र मंसिर २९ बुधबार बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्