सुनको मुल्य घट्यो, चाँदी मुल्य १० रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ, तेजावी सुन ९२ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार सुनको मूल्य घटेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।













