भोली सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौ । भोली सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । तमु ल्होसारको अवसरमा भोली विहिबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘पौष १५ गतेका दिन तमु ल्होसार परेको हुनाले सो को अवसरमा देश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्तिथ कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्री परिषदवाट निर्णय गरेको’ गुह मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।














