सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन ९२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
