शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गर्यो
काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ । शिक्षकहरुको जिल्लान्तर सरुवा गर्दा शिक्षक सेवा आयोगले गरेको बढुवा विज्ञापन र सो विज्ञापनमा बढुवा हुने सम्भाव्य उमेद्वारको बढुवाको असर नपर्ने गरी केन्द्रले सरुवा फुकुवा गरेको हो ।
खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रले जानकारी गराएको छ । पारस्परिकबाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने तर, जिल्लान्तर सरुवा भई शिक्षक आउन चाहेको स्थानीय तहमा दरबन्दी मिलानको कार्य सम्पन्न भइसकेको भए मात्र सरुवा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
जिल्लान्तर सरुवा गर्दा समान तह र श्रेणी, विषय मिल्ने भाएमा नियमानुसार रिक्त स्थानमा सरुवा गर्न सकिने केन्द्रको निर्देशनमा उल्लेख गरेको छ । २०७८ साल चैत मसान्तसम्मको रिक्त दरबन्दी शिक्षक सेवा आयोगमार्फत विज्ञापन भएकोले परीक्षापछि राजीनामा, जिल्लान्तर सरुवा या कुनै कारण शिक्षकको मृत्यु भई पद रिक्त भएको अवस्थामा मात्र सो पदमा सरुवा गर्न सकिने पाइने केन्द्रले जानकारी दिएको छ ।
पारस्परिक सरुवामा शिक्षा नियमावलीको नियम ९९ को (२ क) अनिवार्य रुपमा पालना गरी सरुवापछि राजीनामा दिने शिक्षकको सेवा अवधिको आधारमा न्यूनतम एक वर्ष अनिवाय सेवा गर्ने (उमेरको आधारमा अनिवार्य अवकाश हुने बाहेक) व्यवस्था मिलाई त्यसपछि मात्र राजीनामा स्वीकृत गर्न केन्द्रले निर्देशन दिएको छ ।
निर्देशन यस्तो छ :















