राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने « Arthapath.com
२१ पुष २०७८, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ ।यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एप मार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ वालेट मा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् ।

“राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौं ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौं। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।” खल्ती वालेटकाका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस्