बढ्न थाल्यो कोरोना संक्रमण, बुधबार एकैदिन ४३५ जनामा संक्रमण पुष्टि
काठमाडौ । कोरोना संक्रमण बढ्न थालेको छ । बुधबार पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६७ जनामा गरिएको परिक्षणमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।
गत २४ घण्टामा २ सय ३९ जना कोरोना संक्तमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । हाल देशभर ५ हजार २ सय २५ जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार १ सय ६७ जना पुगेका छ । त्यसैगरी ११ हजार ६ सय १ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।














