खप्तड लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न « Arthapath.com
२१ असार २०८२, शनिबार

खप्तड लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सभा भएको छ । हिजो शनिबार होटेल नमस्ते अत्तरिया कैलालीमा लघुवित्तको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र बिशेष प्रस्ताब पारित गरेको छ ।

साथै चालु आर्थिक वर्षको हाल सम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख रहेको र यसै आर्थिक वर्ष भित्रमा सुदुर पश्चिम प्रदेश भित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको लघुवित्तका सिईओ सुरेश बहादुर बमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्