७ श्रावण २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुले दि सुशि बार मल्टि–फ्युजन क्युसाइनमा १० प्रतिशत छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र दि सुशि बार मल्टि–फ्युजन क्युसाइन (The Sushi Bar Multi-Fusion Cuisine) बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् ग्राहकहरुले दि सुशि बार मल्टि–फ्युजन क्युसाइनमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गनुपर्ने बैंकले जनाएको छ । दि सुशि बार मल्टि–फ्युजन क्युसाइनले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्