७ श्रावण २०८३, बिहिबार

सुनचाँदी दुबैको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार आठ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.२६ डलर आसपासमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्