हिमालयन बैंकले कञ्चनपुरको चम्मनचोकमा महेन्द्रनगर शाखा विस्तार गर्यो
काठमाडौं । हिमालयन बैंकले कञ्चनपुर जील्लामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा २०७८ पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने बैकले जनाएको छ ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा रहेको बैंकले जनाएको छ ।
महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।
यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४८ र ५,००० भन्दा बढी POS Terminalsत्भचmष्लबकि संख्या पुगेको छ ।













