क्यान इन्फोटेक २०२२ स्थगित

काठमाडमै । क्यान इन्फोटेक २०२२ स्थगित भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ ।
क्यान इन्फोटेक माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि संपुर्ण तयारी गरि सकिएकोमा कोभिड १९ को तेश्रो लहर देखिन थालेकोले अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको क्यानले जनाएको छ ।
काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको क्यानका महासचिव नारायण थापाले एक विज्ञप्ति निकाल्दै जानकारी दिएको छ ।