क्रिकेट एक्सेलेन्स सेन्टरको प्रायोजन हंसराज हुलासचन्द एण्ड कम्पनीले गर्ने
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।
“क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी छौं। बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ । तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ । बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध छ र रहिरहनेछ ।” हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ।
“बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ । यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ।” पूर्व कप्तान पारस खड्काको हस्ताक्षर कार्यक्रममा बोल्दै भनेका छन् ।
क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ ।













