यतीएयरलाईन्सको टिकट बुकिङ गरीखल्ती मार्फत भुक्तानी गर्दा ४५० क्यासब्याक पाइने

काठमाडौं । यतीएयरलाईन्सको टिकट बुकिङ गरीखल्ती मार्फत भुक्तानी गर्दा ४५० क्यासब्याक पाइने भएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनि ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा यतिएयरलाईन्सको टिकट खल्तीमार्फत भुक्तानी गर्दा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२२ सम्म मान्य हुने कम्पनिले जनाएको छ ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न यसो गनुहोर्स
१) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस् वाhttps://www.yetiairlines.com/ मा जानुहोस् ।
२) Origin, Destination, Departure date, Nationality, र Number of adults/children खोजि छनौट गर्नुहोस् ।
३) आफुलाई चाहिने टिकट छनौट गरेर “Continue” मा ट्याप गर्नुहोस्।
४) सम्पूर्ण विवरण भर्नुहोस् र “Next” मा ट्याप गर्नुहोस्।
५ ) Khaltiछनौट गरी भुक्तानी गर्नुहोस्।
फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउने खल्तीले जनाएको छ ।