बैंक अफ काठमाण्डूले ल्यायो बिओके एनआरएन निक्षेप खाता
काठमाडौं । बैंक अफ काठमाण्डूले गैरआवासीय नेपालीह्रुलाई लक्षित गदै निक्षेप खाता ल्याएको छ । विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको हो ।
विदेशमा बसि परिश्रम गरि आयआर्जन गरि रहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल निल सक्ने बैंकले जनाएको छ।
गैरआवासीय नेपालीहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।
साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन् । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनुभएका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन सक्ने बैंकले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।













