बैंक अफ काठमाण्डूका ग्राहकहरुले लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् ।बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत सम्म छुट पाउने सहमति भएको बैंकले जनाएको छ ।
ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।













