नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणले ४५ प्रतिशत लाभांश स्वीकृत « Arthapath.com
७ माघ २०७८, शुक्रबार

नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणले ४५ प्रतिशत लाभांश स्वीकृत



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को आठौँ वार्षिक साधारण सभा मिति २०७८ माघ ६ गते विहिबारका दिन भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनेगरी धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेसि धादिङ्गमा सम्पन्न भएको छ ।

सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेको आ.व.२०७७/७८ को बार्षिक प्रतिवेदन आठौं बार्षिक साधारण सभाले पारित गरेको छ ।

कम्पनीले २०७८ आषाढ मसान्त सम्म कायम रहेको चुक्ता पूँजी ४१ करोड ९१ लाख को ५ प्रतिशतले हुन आउने नगद लाभांश र ४० प्रतिशतले हुन आउने बोनश गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाख पुगेको छ । साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पु्याउने बिशेष प्रश्ताव समेत पारित गरेको छ ।

यस संस्थाले धादिङ्ग जिल्लाको धादिङ्गबेसि बाट २०७१ अषाढ १८ गते बाट बिधिवत रुपमा लघुवित्त सेवा प्रारम्भ गरी सफतापूर्वक सातौं वर्ष पूरा गरी आठौं बर्षमा आइपुग्दा, हाल देशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख ४३ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म रु.१० अर्व ५३ करोड कर्जा लगानी गरी रु.२ अर्व ८३ करोड बरावर ग्राहक सदस्यहरुबाट वचत संकलन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्