रिलायन्स लाइफको सीईओमा पोखरेल नियुक्त, बीमा समितिद्वारा स्वीकृति

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिले स्वीकृति दिएसँगै पोखरेललाई रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओ बन्ने बाटो खुलेको हो । पोखरेल आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
सीईओ पोखरलेललाई कम्पनीको सीईओ नियुक्तिको लागि सञ्चालक समितिको बैठकले बीमा समितिमा स्वीकृतिका लागि पत्र पठाएको थियो ।
रिलायन्सको पूर्व सीईओ प्रविणरमण पराजुलीको कार्यकाल सकिएपछि बाहिरिएका थिए । चाटर्ड एकाउन्टेनसमेत रहेका पोखरेललाइ कम्पनीले सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राइम लाइफबाट बीमामा करिअर सुरु गरेका पोखरेल ५ वर्षअघिनै सुर्या लाइफको एजिएम छाडेर आइएमई लाइफको जिएममा नियुक्त भएका थिए । आइएमई लाइफमा ६ महिना बिताएर बाहिरिएका पोखरेल आफ्नै अडिट फर्म चलाएर बसेका थिए ।