ज्योति लाइफको लाभांश परिमार्जन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन गरिएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कस्ल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कात्र्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।