८ श्रावण २०८३, शुक्रबार

सुनको मुल्य तोलामा ५०० ले बढ्यो



काठमाडौं । सुनको मूल्य नेपाली बजारमा मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ५००रुपैयाँले बढेर ९३ हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १५ ले घटेर १ हजार ३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको थियो । सोबार सुनचाँदी दुबैको भाउ स्थीर बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्