आशा लघुवित्तले ८ करोड ७३ लाख नाफा कमायो « Arthapath.com
११ माघ २०७८, मंगलवार

आशा लघुवित्तले ८ करोड ७३ लाख नाफा कमायो



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वनिक विवरण अनुसार लघुवित्तले ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा लघुवित्तले ७ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २४.८० प्रतिशत धेरै हो ।

समिक्षा अवधीमा लघुवित्तले १ अर्ब ५३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । भने बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ कर्जा लगानि गरेको छ । त्यसैगरी १७ करोड ५३ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५० प्रतिशत धेरै हो ।

सबर्वजनिक विवरण अनुसार लघुवित्तले समीक्षा अवधीमा १३ करोड ८५ लाख २९ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । यो गत वर्षको तुलनामा ५२.२२ प्रतिशत धेरै हो ।


प्रतिक्रिया दिनुहोस्