लक्ष्मी लघुवित्त नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थालको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नफा २.२६ प्रतिशत बढेर ९ करोड २४ लाख ४२ हजार आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ५ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेर २७ करोड १७ लाख २१ हजार रुपैयाा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ३.२५ प्रतिशत बढेर १४ करोड ६७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड २१ लाख १८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
पौष मसान्तसम्ममा लघुविको चुक्ता पूँजी २० प्रतिशत बढेर ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ३९.३६ प्रतिशत बढेर ३६ करोड ७० लाख १ हजार रुपैयाँ, निक्षेप २२.३० प्रतिशत बढेर २ अर्ब २९ करोठ ७३ लाख ३९ हजार रुपैयाँ र कर्जा २९.४९ प्रतिशत बढेर ७ अर्ब १२ करोड ५२ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ १४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ८.२५ प्रतिशत, खराब कर्जा ३.४८ प्रतिशत रहेको छ ।