गणपति लघुवित्तको नाफा ६७ प्रतिशत घट्यो « Arthapath.com
१२ माघ २०७८, बुधबार

गणपति लघुवित्तको नाफा ६७ प्रतिशत घट्यो



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६७.४० प्रतिशत घटेर ९६ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ९५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत घटेर ६ करोड ३१ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ३६ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ८९.२४ प्रतिशत घटेर २६ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ४८ लाख ७१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर १२ करोड ७२ लाख ५६ हजार रुपैयाँ, जगेडा कोष ४३.१० प्रतिशत बढेर ६ करोड ३१ लाख ६९ हजार रुपैयाँ, निक्षेप संकलन ३२.२४ प्रतिशत बढेर ५१ करोड ९७ लाख ७१ हजार रुपैयाँ र कर्जा लगानी ३२.५६ प्रतिशत बढेर २ अर्ब ४ करोड ४४ लाख २८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा बढेर २.४२ प्रतिशत र कस्ट अफ फण्ड ८.७३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्