आरएसडीसी लघुवित्तको नाफा ६.५६ प्रतिशत घट्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६.५६ प्रतिशत घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १८.७९ प्रतिशत बढेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ६.७९ प्रतिशत घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ४७ लाख २५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
चालु आवको ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेर ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २३.३२ प्रतिशत बढेर ७ करोड ७७ लाख ६९ रुपैयाँ र कर्जा १८५.४८ प्रतिशत बढेर ८७ लाख ४७ रुपैयाँ रहेको छ ।
लघुवित्तको सापटि रकम २४.८९ प्रतिशत बढेर ४ अर्ब २९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १५ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा छ भने मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ । लघुवित्तको बेस रेट ११.६२ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रिड ३.०६ प्रतिशत, कस्ट अफ फण्ड ९.१५ प्रतिशत र खराब कर्जा ०.२८ प्रतिशत रहेको छ ।