८ श्रावण २०८३, शुक्रबार

जोर–बिजोर प्रणालीबारे समीक्षा गर्दै काठमाडौं उपत्यकाका प्रमुख



काठमाडौं उपत्यकामा तीन वटा कार्यालयले जारी गरेको जोर–बिजोर प्रणाली लागुबारे समीक्षा गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गरेको थियो ।

त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड भएको गुनासोहरू आएका भन्दै समिक्षा गर्ने भएका छन् ।

शुक्रबार काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै जोर बिजोर प्रणालीबारे समीक्षा गर्ने भएको काठमाडौं जिल्ला प्रशासनले जानकारी दिएको छ ।

जोरबिजोर प्रणालीबारे मिश्रित प्रतिक्रियाहरू आइरहेको छ त्यसबारे समिक्षा गरेर निर्णय गर्ने जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्