नाडेप लघुवित्तको साधारण सभा सम्पन्न, शेयरधनीलाई बनायो मालामाल

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको वार्षिक साधारण सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
लघुवित्तको सभाले संस्थापक समूहबाट ४ जना सञ्चालकहरुमा पिताम्बर प्रसाद आचार्य, वेद प्रसाद सिवाकोटी, हरिकृष्ण सुवेदी र निरज कुमार बस्नेत डनिल निर्विरोध निर्वाचित भएका छन् ।
सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाव नगद लगायतका विधि प्रस्ताव पारित गरेको छ । त्यस्तै, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गरेको छ ।