८ श्रावण २०८३, शुक्रबार

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर शेयरधनीहरुको खातामा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंक्ले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

बैंकले गएको असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म हाल कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजारको १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गरेको थियो । माघ ४ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

बैंकको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।हकप्रद शेयर पनिष्काशन प्रयोजनका लागि बैंक्ले असोज १ गते एक दिन बुक क्लोज भएको थियो । तसर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा प्रस्तावित हकप्रद शेयर जम्मा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्