शेयर बजारको उकालो यात्रा रोकियो, दोहोरो अंकले घट्दा कारोबार रकम पनि घट्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

शेयर बजारको उकालो यात्रा रोकियो, दोहोरो अंकले घट्दा कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको पहिलो दिन नेप्से ठूलो अंकले बढेको थियो । सरकाले स्थानीय तहको निर्वाचन गर्न भनेपछि लगानीकर्ता शेयर बजारमा आकर्षित भएका थिए । जसले गर्दा हिजो आइतबार नेप्से परिसूचक १०५ अंकले बढेको थियो । तर दोस्रो दिन शेयर बजारमा राताम्य छाएको छ ।

साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ अंकमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार दिनभरिमा २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ६९ हजार ७७० पटक किनबेच हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सोही कारण पनि बजार घटेको विश्लेषहरु बताउँछन् । राजनीतिमा उठेका विभिन्न मुद्धाहरुले पनि बजारलाई पारेको बताईन्छ ।

आज अन्य समूह १.२८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.१८ प्रतिशतले बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । सोमबार बैंकिङ समूह १.०५ प्रतिशत, ट्रेडिङ समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.७२ प्रतिशत, विकास बैंकका २.१३ प्रतिशत, जलविद्युत समूह ०.६७ प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, निर्जीवन बीमा समूह १.३५ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रो. समूह ०.९६ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार फर्वाड लघुवित्त, विन नेपाल लघुवित्त बुद्धभूमी नेपाल हाइड्रो शेयर मूलय १० प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्