थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु « Arthapath.com
२० माघ २०७८, बिहीबार

थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या ९ लाख ६२ हजार ५१७ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ७७८ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ लाख ८७ हजार ४४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ८ लाख ८७ हजार ४४३ जना पुगेका छन् ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा र १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ५०९ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा २४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्