छिमेक लघुवित्तद्धारा ६ महिनामा २४ अर्ब ५१ करोड निक्षेप संकलन, ईपीएस ४२.८९ रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिना सम्म आइपुग्दा ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १९.०२ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ६१ करोड ५४ लाख रुपैयाँमा सीमित थियो ।
यस अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १९.०३ प्रतिशतले घटेर ७१ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ८७ करोड ९२ लाख रुपैयाँ भएको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने १३.९१ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९८ करोड ४१ लाख रुपैयाँमा सीमित थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले २४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४२.८९ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.१३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २०३.२६ रुपैयाँ रहेको छ।