सुनको मुल्य बढ्यो, चाँदीको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य बढ्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा मंगलबार तोलामा पाँच सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्यमा पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा मंगलबार बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्