६ महिनामा नै एनटीसीको नाफा १८.४९ प्रतिशत बढेर झण्डै ४ अर्ब रुपैयाँ पुग्यो, ईपीएस ५१.९७ रुपैयाँ « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

६ महिनामा नै एनटीसीको नाफा १८.४९ प्रतिशत बढेर झण्डै ४ अर्ब रुपैयाँ पुग्यो, ईपीएस ५१.९७ रुपैयाँ



काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढेर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको कुल सञ्चालन आय ८.३६ प्रतिशत अर्थात १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँ बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल सञ्चालन आय गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आय ६.८७ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँ बढेर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ कुल आय गरेको थियो ।
चालु आवको यस अवधिमा कम्पपनीको कुल सञ्चालन आय ३.७७ प्रतिशत अर्थात ३४ करोड २३ लाख ४९ हजार रुपैयाँ बढेर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको ब्याज, कर, मूल्यह्रास अघिको आम्दानी ७७ करोड ५८ लाख ७३ हजार अर्थात ९.०१ प्रतिशत बढेर ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको ब्याज, कर, मूल्यह्रास अघिको आम्दानी ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ र जगेडा कोष ५.२२ प्रतिशत बढेर ७८ अर्ब ५८ करोड २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ रुपैयाँ रहेको छ ।

फोर जी आयोजनाको कार्यान्वयनसँगै पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएकाले नाफा बढेको कम्पनीले बताएको छ । २ जी र ३ जी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत २ जी, ३ जी र ४ जी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको कम्पनी बताउँछ ।


प्रतिक्रिया दिनुहोस्