सुनको मुल्य तोलामा १५ सयले बढ्यो, कति पुग्यो मुल्य ? « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

सुनको मुल्य तोलामा १५ सयले बढ्यो, कति पुग्यो मुल्य ?



काठमाडौं । आइतबार सुनको प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिनमा सुनको मूल्य १५ सयले बढेको हो।

यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो।


प्रतिक्रिया दिनुहोस्