एनआईसी एशिया लघुवित्तको अर्धबार्षिक समिक्षा सम्पन्न, कर्मचारीलाई दियो व्यवस्थापन विकास तालिम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले आ.व. २०७८–०७९ को अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन विकास तालिम होटल ल्याडर्माक, सौराहा, चितवनमा सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, कम्पनि सचिव प्रह्लाद चन्द्र निरौला, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ र उप–प्रमुख व्यपार अधिकृत राजन मगरको आतिथ्यमा भएको कार्यक्रममा सम्पूर्ण प्रदेश प्रमुखहरु, उप–प्रदेश प्रमुखहरु, असुलि अधिकृत, उप–प्रदेश असुलि प्रमुखहरु लगाएत सम्पूर्ण विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
दुई दिने उक्त तालिम कार्यक्रममा हाल सम्मको लक्ष्यअनुसारको प्रगति, आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु, जोखिम व्यवस्थापनका विविध पक्षहरु, भाखा नाघेका कर्जा व्यवस्थापन, गुण्स्तरीय कर्जा लगानी, बचत बृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्याहरु लगाएतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा नापि विभागका सञ्जय मान्नधरले नक्सा हेर्ने तरिका, कित्ता पहिचान, जग्गा नापने तरिका, डिजिटल माध्यमबाट जग्गाको पहिचान र इन्जिनियर रुपेश भट्टले धितो मुल्याङ्कन, धितो कर्जा प्रबाह गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा सहजिकरण गरेका थिए ।
संस्थाले २०७८ पुस मसान्तको भाघा नाघेको कर्जा उत्कृष्ट व्यवस्थापन गर्ने प्रदेश प्रमुखहरु, उप–प्रदेश प्रमुखहरु, असुलि अधिकृत, उप–प्रदेश असुलि प्रमुख, कर्पोरेट कार्यालयका निरिक्षण अधिकारी लगाएतलाई हासिल उपलब्धिको आधारमा सम्मानित समेत गरको थियो ।
कार्यक्रमको समापनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्य नजर गरी उच्च प्रतिफल सहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले हाल सम्म हासिल उपलब्धिको लागि सम्पूर्ण कर्मचारी वर्गलाई धन्यवाद दिदै समाजमा आर्थिक तथा सामाजिक क्रियाकलापबाटनै सकारात्मक परिवर्तन गर्ने कामको जिम्मा सम्पूर्ण कर्मचारीको रहेको बताउदै कर्मचारी परिवर्तनको राजदुत भएकाले उच्च मनोबल सहित कार्य गर्न सुझाएका थिए ।