नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ? « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको फागनु १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तललेको प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्