एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन र कर्जा असुली सम्मेलन सम्पन्न « Arthapath.com
१२ फाल्गुन २०७८, बिहीबार

एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन र कर्जा असुली सम्मेलन सम्पन्न



काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि।ले लुम्बिनी प्रदेशका सम्पुर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाघा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ ।

२०७८ फागुन ९ देखि १२ गते सम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपायहरु र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम विकास तथा भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनि कारवाही, बर्तमान र भविष्यमा आईपर्ने जोखिम र तिनको व्यवस्थापन लगाएतका विषयमा प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसे र कर्जा असुलि प्रमुख बिमल नेपालले सहजिकरण गरेका थिए ।

उक्त सम्मेलनमा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाई, लुम्बिनी प्रदेश अन्र्तगतका भुमही, कोटिहवा, बोडगाउँ, लमहि र चपरगौडि उप प्रदेश प्रमुखहरु लगाएत त्यस क्षेत्रका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्मेलनको समापनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसेले एन आई सी एशिया लघुवित्त सेवाग्राही सदस्यहरुको पहिलो रोजाई तथा अग्रणी लघुवित्त बन्न कर्मचारीलाई लगानीलाई मात्र जोड नदिई सेवाग्राही सदस्यहरुको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता लगाएका विषयमा ध्यान दिन र कर्मचारीलाई लगनशिल भई कार्य गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्