ग्लोबल आइएमईले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमईले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । साविक स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी २०७८ साल बैशाख ८ गते एकिकृत कारोबार सुरु गरेको कम्पनीले प्राप्ती पश्चात कायम शेयरधनीहरुलाई मात्र कर वापतको रकम जम्मा गर्न भनेको हो ।

एकिकृत कारोबारका दिनसम्म कायम शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर छुट पाउँनेछन् । कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने जानकारी समेत गराएको छ । हालसम्म कम्पनीले उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको छैन् ।

गत बैशाख ८ गतेपछि कम्पनीको शेयर खरिद गरेका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा, न्यूरोड शाखामा ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको खाता नम्बर क्ष्द्दण्ज्ञण्ज्ञण्ण्ण्ण्घठण् मा कर वापतको रकम जम्मा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले रू. ४३ करोड १७ लाख १० हजारको आधारमा २८ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । उक्त बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार पुग्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्