अर्काे स्टक एक्सचेञ्जको विकल्प खोज्न नपर्ने गरी काम गर्छुः सीईओ कार्की « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

अर्काे स्टक एक्सचेञ्जको विकल्प खोज्न नपर्ने गरी काम गर्छुः सीईओ कार्की



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले अर्काे स्टक आवश्यकता नपर्ने गरी काम गर्ने बताएका छन् । केही दिन अघि नेप्सेको यस्तै अवस्था रहने हो भने नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । तर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग गरेको पूँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै सीईओ कार्कीले तत्काल स्टक एक्सचेञ्ज ल्याउनु नपर्ने बताएका हुन् ।

उनले बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने र नेप्से त्यही अनुसार लाग्नु पर्ने लाग्नु पर्ने बताए । यदि कुनै हालतमा पनि नेप्सेको विकास र सधार गर्न नसकिए मात्रै अन्य विकल्प खोज्नु पर्ने उनको भनाई छ ।

उनले सरकारले स्वीकृति दिए साधरण शेयर (आईपीओ) जारी गर्ने बताए । पूँजी बजार सुधार गर्नको लागि नीति तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले उनले बताए ।

साथै उनले आगामी दिनमा पूँजी बजारसँग सम्बन्धित सबै पक्षसँग छलफल र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सम्पूर्ण लगानीकर्ताको हितका लागि नेप्सेको वेबसाइटलाई अझ गतिशिल बनाएर सही सूचना सम्प्रेषणमा जोड दिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्