नेप्सेलाई सुधार नगर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज आउँन सक्छ: सीईओ कार्की « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

नेप्सेलाई सुधार नगर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज आउँन सक्छ: सीईओ कार्की



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण कार्कीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई सुधार गर्न नसक्ने हाे भने नयाँ स्टक एक्सचेन्ज आउने अवस्था रहने बताएका छन् । बजारमा नयाँ स्टक एक्चेन्जबारे चर्चा भैरहेकाे बेला सीईओ कार्कीले नेप्सेलाई द्रत गतिमा सुधार्नुपर्ने बताएका छन् ।

मंगलबार एक अन्तर्क्रिया कार्यक्रममा नेप्सेकाे अवस्था यस्तै रहने हो भने नयाँ स्टक एक्सचेञ्ज बजारले आवश्यकता महशुस गर्ने बताएका छन् । प्रविधिको युग भएकाले समयको माग अनुसार नेप्सेको विकास गर्न नसक्ने हो भने नयाँ स्टक आउन सक्ने सीईओ कार्की बताउँछन् । उनले भने, ‘त्यो बेला आउला वा नआउला, यहि अवस्था रहने हो भने त नयाँ स्टक आउँछ, समयलाई पछ्याउन सक्नुपर्याे, समयलाई समात्न सक्नुपर्याे ।’ कर्मचारीले पनि काम गर्ने तरिकामा धेरै सुधार गर्न निर्देशन दिएको उनी बताउँछन् ।

टेक्नोलोजी, मान्छेको बुझाई वा समयको हिसाबले अन्य मुलुकका एक्सचेञ्जहरु धेरै अगाडी बढिसकेकाले नेप्सेको विस्तारसँगै दायरा पनि फराकिलो बनाउनुपर्ने बताए ।

तर नयाँ स्टक आउँदा कस्तो खालको रणनीति लिएर अघि बढ्ने कुराको स्पष्ट खाका तयार पार्न उनले सुझाव लिएका थिए । नेप्सेले वार्षिक कार्ययोजना बनाएर नै अगाडी बढ्न सेयर लगानीकर्ता र मर्चेन्ट बैंकरहरूले सुझाव दिएका थिए । जसले गर्दा काम गर्न पनि सहज हुने र लगानीकर्ताले पनि सहज रुपमा जानकारी पाउने एक जना सहभागीले बताए । त्यस्तै, नेप्सेमा राजनीतिक ब्यक्ति वा कुनै ब्यक्तिले दिने बक्तब्यका कारण ठूलो प्रभाव पार्ने भएकाले यसतर्फ पनि ध्यानाकार्षण गराएका थिए ।

नेप्सले आगामी दिनमा कस्ता मुद्धाहरुलाई अगाडी सार्नुपर्छ भनेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई), चेम्बर अफ कमर्स, मर्चेण्ट बैंकर्स एसोसियसन लगायतसँग छलफल तथा सुझाव मागेको हो । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत भएर आएपछि कार्कीले पहिलो पटक नै नेप्सेसँग सरोकार राख्ने तथा सम्वन्धित संस्थाका ब्यक्तिहरुसँग छलफलत तथा सुझाव मागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्