१० श्रावण २०८३, आइतबार

तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा सात जना घाइते

तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा सात जना घाइते



काठमाडौं । तनहुँको ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका बताइएको छ।

घाइतेमध्ये पाँच पुरुष र दुई महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

बससँग ठोक्किएपछि टाटा सुमो सडकदेखि अन्दाजी पाँच मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।